१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नाइटिङ्गेल र मिदास ई क्लासबीच शैक्षिक कार्यक्रम गर्न संझौता


1.716k
Shares

काठमाडौं । नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र मिदास ईक्लासबीच शैक्षिक कार्यक्रम लागू गर्ने विषयमा संझौता भएको छ ।

ललितपुरको कुपण्डोल स्थित नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लासबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न मिदास ई क्लास द लर्निङ एप प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न संझौता भएको हो ।

संझौतामा हस्ताक्षर गर्दै मिदास ई क्लासका प्रमुख बजार व्यवस्थापक अजय कुमार लामाले सो प्लेटफर्मले नर्सरी देखि कक्षा १२ सम्मको हरेक किसिमका शैक्षिक आवश्यकता पुरा गर्न मद्दत गर्ने बताउनुभयो ।

यसमा आफ्नो स्कूलमा पढाई हुने किताबका हरेक पाठमा आधारित एनिमेटेड भिडिओ हेर्दे, रमाउदै बुझेर पढ्न पाइनेछ । जसले गर्दा स्कुले बालबालिकाहरुले आफुलाई गार्हो लाग्ने पाठ सजिलैसँग रमाउदै र खेल्दै सिक्न सक्ने मिदासले जनाएको छ ।