
फाइल तस्बिर
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति २१ सदस्य हुने भएको छ ।
समिति सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो ।
प्रधिनिधि सभा नियावलीले नै यसको व्यवस्था गरेको छ । सभामुख देवराज घिमिरेसहित दलका प्रतिनिधिको बैठकले समितिमा रहने संख्या निर्धारण गरेको हो ।
१३ वटा राजनीतिक दल र एक सिट भएका र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बन्ने छ । जसअनुसार समितिमा कांग्रेसका ६, एमालेका ५, माओवादीका २ र अन्य दलका १/१ जना सांसद सदस्य रहेन् छन् ।
समितिमा सभामुख, उपसभामुख र कानून न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्