८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छ : प्रदीप पौडेल


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ ।

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताउनुभयो । उहाँले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरुले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताउनुभयो ।

नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको गुनासो गर्नुभयो ।

सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताउनुभयो । उहाँले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताउनुभयो ।