
काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रह्यो ।
नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्ला निरन्तर शेयर बजार उकास्न चासो लिएर छलफल गर्दै आउनुभएको छ । सरकारी सक्रियतासंगै लगानीकर्ता केही उत्साही बनेको विश्लेषण गरिएको छ ।
उतारचढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले उकालो लागेर १८ सय ७५ कायम भएर थामियो । कारोबार भने माथि उठ्न सकेन । उत्पादनमूलक र निर्जीबन बीमा समूह सामान्य अंकले घटेबाहेक बाँकी समूह हरियो रहे । होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च १ प्रतिशत बढीको वृृद्धि आयो ।
लघुवित्त समूह पनि करिब १ प्रतिशले उक्लियो । जलविद्युत र जीवन बीमा समूह पनि दोहोरो अंकले उकालो लाग्दा वाणिज्य बैंक समूहमा पनि ८ अंक बराबरको सुधार आयो ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६२ कम्पनीको २६ लाख बराबर कित्ता शेयर जम्मा ८१ करोड ६० बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ४६ कम्पनीको शेयरमूल्य बढ्दा ६४ को घट्यो । बुधबार कालिञ्चोक दर्शनको शेयर भाउ सबैभन्दा उच्च १० प्रतिशत बराबरले बढ्यो ।
प्रतिक्रिया दिनुहोस्