
काठमाडौं । फोन पे र सुलभ पे (एनक्यास)बीच भुक्तानीका लागि सहकार्य भएको छ ।
अब सुलभका ग्राहकले फोनपे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सक्ने भएका हुन् ।
नेपालको अग्रणी भुक्तानी प्रणाली दाबी गरिएको फोनपे नेटवर्क र भुक्तानी सेवाप्रदायक सुलभपे (एनक्याश) वालेटबीच सहकार्य सुरू भएको छ ।
हालै राजधानीमा एक कार्यक्रमको आयोजना गरि दुई संस्थाबीच भुक्तानीपत्रमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा फोनपेकातर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेकातर्फबाट प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गर्नुभएको हो । योसँगै सुलभपे को एनक्यास पूर्णस्क्यान भुक्तानी सेवा सुरूगर्ने पहिलो वालेट बनेको छ ।
प्रतिक्रिया दिनुहोस्