२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण


195
Shares

काठमाडौं । सरकारले राजस्व संकलन सुधारोन्मुखभएको जनाएको छ ।

विश्व बैंकको बुधबार नेपाल डेभपलमेन्ट अपटेड सार्वजनिक कार्यक्रममा अर्थसचिव तोयम रायले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताउनुभएको हो ।

यो वर्ष पर्यटन, कृषि, रेमिट्यान्स तथा जलविद्युत क्षेत्रमा राम्रो सुधार भइरहेकाले अर्थतन्त्रलाई यसले सकारात्मक बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । अझै पनि आन्तरिक रुपमा वित्तीय दबाब कायमै रहेपनि मुलुकले यो चुनौती सामना गर्न सचिव रायाको विश्वास छ ।

दक्षिण एसियाका सबै मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्तता आएको नेपाल श्रीलंका तथा माल्दिभ्सकालागि विश्व बैंकका देशीय निर्देशक फारिस हदादजर्वोसले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपालले मूल्यवृद्धि, कमजोर पुँजीगत खर्च तथा अन्य प्रणालीगत चुनौति सामना गर्न नीतिगत बदलाव आवश्यक रहेको बताउनुभयो । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ अनुसार आर्थिक बर्ष २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब १ प्रतिशतमा सीमित हुनेछ । यो अक्टोबर २०२२ को प्रक्षेपणभन्दा कम हो ।

आर्थिक वर्ष सन् २०२४ माभने पर्यटन क्षेत्रको सुधार, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशःगरिने सहजताका कारण वृद्धिदर बढेर ४ दशमलब ९ प्रतिशतपुग्ने अपेक्षा बैंकको छ । यद्यपि परिदृश्यका जोखिम नकारात्मकतर्फ नै झुकेका छन् ।

अपेक्षाभन्दा उच्च मुद्रास्फीति, जसले उपभोग र वृद्धिलाई कम गराउनेछ । सरकारी अधिकारीहरुको सम्भावित सरुवाको प्रभाव र मानव पुँजीमा लगानी घटाइएका कारण विशेष गरी महामारीपछिको बेरोजगारीबाट फर्किन बाँकी व्यक्तिबीच बढ्ने असमानता त्यस्ता जोखिम रहेको विश्व बैंकको भनाइ छ ।