२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

आजै चुनाव चिन्ह दिइने

286
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली लगत्तै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ ।

उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै चुनाव प्रचार प्रसार पनि सुरू हुने छ ।

आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुने कार्यक्रम छ ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनु भएपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त हुन भएपछि चितवन–२ मा उपनिर्वाचन गर्न हुन लागेको हो ।