
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भू–भाग लगायत सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्