
काठमाडौं । प्रिमियर क्लब चेल्सीले पूर्व खेलाडी एवं प्रशिक्षक फ्राङ्क लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने भएको छ ।
क्लबले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक ग्राहम पोटरलाई हटाएको चेल्सीले लाम्पार्डलाई जिम्मेवारी सुम्पिन लागेको हो ।
प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले आइतबार प्रशिक्षक पोटरलाई बर्खास्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्