२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भयो : सांसद शाही


312
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गर्नुभयो ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले संघयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताउनुभयो । कहिपनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताउनुभयो ।