१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारका सय दिन उपलब्धीहीन : सांसद पन्त


143
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरु सार्वजनिक गरेको तर त्यसमा कुनैपनि कुरा महत्वपूर्ण नपाएको बताउनुभयो । उहाँले सरकारका सय दिनका प्राथमिकतामा किसानहरुका समस्या, आर्थिक अवस्थाका समस्याहरु नपरेको बताउनुभयो ।

उहाँले सय दिनसम्म मन्त्रिपरिषद् समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आश राख्न नसक्ने बताउनुभयो । उहाँले सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाउनुभयो ।