
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले सरकारले विदेबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गर्नुभयो ।
उहाँले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।
सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्