
काठमाडौं । केही समयदेखि घट्दै आएको शेयरबजार परिसुचक नेप्से साताको अन्तिम दिन बिहिबार पनि ८ अंकले ओरालो लाग्दै १८ सय ६६ अंकमा थामिएको छ ।
बैंकिंक, निर्जीवन र व्यापार समूहबाहेक सबै समूहको परिसुचक घटेको छ । आज ४८ कम्पनीको शेयरमूल्यमा वृद्धि हुदा १ सय ६५ कम्पनीको भने घटेको छ । आज २ सय ६९ कम्पनीको २८ लाख ७० हजार कित्ता शेयरको ९२ करोड ६ लाख बराबरमा खरीदबिक्री भएको छ । आज कालिन्चोक दर्शन र सिटिजन्स म्युचल फण्डका लगानीकर्ताको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने सामलिङ् पावर कम्पनीको ७, खप्तड लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्य घटेको छ ।
आज कारोबार रकमको आधारमा भने शिवम सिमेन्टको भने ४ करोड ९२ लाख माथिको शेयर खरीदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्