
web pic
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछन् ।
च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
मनाङ चौंथो जित तथा फ्रेन्ड्स दोस्रो जितको खोजीमा रहने छ ।
मनाङ ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स भने ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा दिउँसो २ बजे नै एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खुमलटार तेस्रो तथा जावलाखेल पाँचौं जितको खोजीमा रहेका छन् । खुमलटार ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । जावलाखेल १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्