
फाइल तस्वीर ।
काठमाडौं । साताको छैटौं दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रूपैयाँले घटेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ५ रूपैयाँले बढेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्