
काठमाडौं । बौद्ध समाज अमेरिका कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन हुनु भएको छ ।
श्रेष्ठको नेतृत्वमा नयाँ सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा बषन्त गुरुङ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा पेमा डोल्कर श्रेष्ठ, शान्ति लामा र टेकबहादुर थापा रहनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी भेलाले चार सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकारहरुमा पूर्णबहादुर गुरुङ, अरुण गुरुङ, लाक्पा शेर्पा र चन्द्रमान गुरुङ रहनु भएको छ ।
अमेरिकामा बसेर लगातार रुपमा नेपालमा समेत सबै क्षेत्रमा सामाजिक काम गर्दे आउनु भएका श्रेष्ठको नेतृत्वमा बौद्ध समाज अगाडी बढ्ने बिश्वास सबैमा बढेको छ । समाजसेवीसमेत रहनु भएका नवर्निवाचित अध्यक्ष श्रेष्ठले यस समाजलाई थप उर्जाका साथ अगाडि बढाउनेमा सबैमा बिश्वास बढेको हो ।
अमेरिकाको कोलोराडोमा सन २०१७ मा गठित यस संस्थाले प्रत्येक बर्ष बुद्ध जयन्तीको अवसरमा कोलोराडोको डेन्भर डाउन्टाउनमा शान्ति पदयात्रासहित बिभिन्न चेतनामूलक र सन्देशमुलक कार्यक्रम गर्दे आएको छ ।
२६ सय ४७ औ बुद्धजयन्ती मनाउने कार्यक्रम रहेको संस्थाले जनाएको छ । उक्त दिन कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजीवि, व्यवसायी, पत्रकार तथा सर्वसाधरणलाई निम्तोसमेत गरीसकिएको संस्थाले जनाएको छ ।
रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको संयोजन तथा स्थानीय संघ, संस्था र सर्वसाधरणको सहभागितामा डेन्भर स्थित स्काई लाईनपार्कमा सन् २०१६ मे २२ मा पहिलो पटक शान्ति पदयात्रा सहित बुद्ध जयन्ती मनाउन थालिएको थियो । समाजिक क्षेत्रमा कृयाशिल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत भएपछि संस्थाले अझै गतिलिने बिश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्