६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


लघुवित्त संस्थाविरुद्ध बर्दियामा विरोध प्रर्दशन


741
Shares

बर्दिया । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले बर्दियाको राजापुरमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । उनीहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर्नुपर्ने, जस्ता माग गरेका छन् ।

लघुवित्त संस्थाहरू विरूद्धको संघर्ष समितिले चैतको दोश्रो साताबाट नियमित जिल्ला प्रशासन कार्यालय गुलरियामा धर्ना दिइरहेको छ ।

संर्घष समिति बर्दियाका अध्यक्ष दत्त चौधरीले लघु वित्त संस्था खारेज गर्न, लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्नुपर्ने आफूहरूको माग रहेको बताउनु भयो ।

समितिका मधुवन नगर अध्यक्ष रितु टमट्टाले आफुहरुलाई बिभिन्न प्रलोभन देखाएर सदस्य बनाएको अहिले आएर सामुहिक व्याज तिर्न बाध्य बनाएको भन्दै आफुहरु माथि ठूलो ज्यादती भएको बताउनुभयो ।

टमट्टाले आफुहरुको आन्दोलन शान्तिपूर्ण भएको र आफुहरुका मागलाई सम्बोधन नगरे ७७ रै जिल्लाबाट एक साथ अनसन सुरू गरिने चेतावनी दिनुभयो ।

लघुबित्त वित्तीय संस्थाहरुले संस्थाको सदस्य बनाउने आवश्यक परेको बेला ऋण लिदा अनेकन बहानामा पैसा कटौति गर्नुका साथै बाध्यकारी ढंगले बमा गराउने गरेको समेत समितिका राजापुर नगर अध्यक्ष मिना आचार्यको आरोप छ ।