
काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणअन्तर्गत नेपालले शनिबार भियतनामसँग दोस्रो खेल खेल्दैछ ।
नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ ले पराजित गरेको थियो ।
शनिबार हुने खेलमा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । भियतनाम भने नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ ।
नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । तर, भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन ।
समूह सी मा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका हुन् । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्