
एजेन्सी । इजरायलमा भएको आक्रमणमा एक पर्यटकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।
इटालीको विदेश मन्त्रालयले इजरायलमा मारिएका व्यक्ति आफ्ना नागरिक अलेसेन्ड्रो परिनी भएको दाबी गरेको छ । गाजापट्टीमा सुरक्षाकर्मीको गोली प्रहारबाट ती व्यक्ति मारिएको बताइएको छ ।
स्थानीय प्रहरीले भने समुद्री तटीय क्षेत्रमा ती व्यक्तिले चलाएको कारले धेरै पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रणका लागि गोली चलाएको दाबी गरेका छन् ।
सुरक्षाकर्मीले रोक्न खोज्दा ती व्यक्तिले कार दौडाएपछि सो घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तर, प्रत्यक्षदर्शीले भने कार चालक बाहेक सात जनाको पनि घटनास्थलमै मृत्यु भएको बताएका छन् । मारिनेहरु सबै पर्यटक रहेको उनीहरुको दाबी छ ।
यसअघि पनि वेस्ट बैंकमा गोली लागेर दुई महिलाको मृत्यु भएको थियो भने एक जनालाई नियन्त्रणमा लिइएको थियो ।
घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आतंकवादीविरुद्ध सेना प्रहरीले सामान्य बल प्रयोग गरेको बताउनुभएको छ । उहाँले घटनास्थलको निरीक्षणसमेत गरेको समाचारमा जनाइएको छ ।
इजरायली सेनाले दक्षिणी लेबनान र गाजापट्टीमा प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्धद हवाइ हमला गरेलगत्तै सो घटना भएको बताइएको छ ।
गत हप्ता इस्लामको पवित्रस्थल अल–अस्का मस्जिदमा इजरायली प्रहरीले छापामा मारेसँगै सो क्षेत्रमा तनाव बढेको छ ।
प्रतिक्रिया दिनुहोस्