
web pic
काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट शनिबार एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ७६२९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्