
काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोग्नु भएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको हो ।
विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधान खड्का शनिबार सुर्खेत पुग्नु भएको हो ।
उपप्रधान एवम् रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्