
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हराएको छ ।
शनिबार राति युनाइटेडको मैदानमा भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० ले हराएको छ ।
खेलको ३६ औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ७१ औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।
जितसँगै युनाइटेड ५६ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । पराजित एभर्टन २७ अंक जोडेर १७ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्