
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ ।
जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो ।
अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आइतबार नै सुनुवाइ हुने सम्भावना छ ।
बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले सुरुवातमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो तर, विदेश जान भने रोक लगाएको थियो ।
यता सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो । मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ । निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन ।
सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेशी स्थगित हुँदै आएको हो ।
यसअघि बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भए पनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्