
काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा अपिल गरेको छ ।
स्वास्थ्य जनसंख्याले मन्त्रालयले दैनिक संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो, दोस्रो र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ ।
शनिबार ६४ जनामा नयाँ संक्रमित फेला परेका थिए भने हाल कुल सक्रिय संक्रमितको संख्या ३५६ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा १५ आइसोलेशन, आठ सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् ।
प्रतिक्रिया दिनुहोस्