
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाा)ले दुई वटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ ।
संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा समितिको सभापतिमा दाबी गरेको हो ।
आइतबार राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुई वटा सभापतिमा दाबी गरेको बताउनुभयो । उहाँले दुई सभापति आफुहरुले अनिवार्य पाउनैपर्ने बताउनुभयो । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उहाँले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताउनुभयो ।
उहाँले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताउनुभयो । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्