
काठमाडौं । कञ्चनपुरमा विद्युत् लाइन विस्तार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।
बेलौरी नगरपालिका–८ मा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले लाइन विस्तार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएबी) ले अवरोध गरेको हो ।
हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नुपर्ने भन्दै काम गर्न अवरोध गरेको हुन् ।
हुलाकी सडकको किनारमा विद्युत्को पोल गाड्ने कार्य भइरहेका बेला एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।
यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने कार्यमा पनि अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्