१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भक्तपुरमा धिमे बाजा बजाइयो


455
Shares

काठमाडौं । भक्तपुरको टौमढी (तःमारी) स्थित पाँच तल्ले मन्दिर परिसरमा आइतबार सयौंको संख्यामा एकै पटक एउटै तालमा धिमे बाजा बजाइएको छ ।

मन्दिरको प्रत्येक खुड्किलोमा लहरै बसेर कलाकारहरुले बाजा बजाउँदा मौलिक भेषभुषामा सजिएका महिलाहरुले सोही बमोजिम नृत्य प्रस्तुत गरेका थिए ।

बिस्काः जात्राको पूर्वसन्ध्यामा साँस्कृतिक पर्व प्रचारको लागि सामुहिक बाजाको प्रदर्शनी गरिएको बताइएको छ ।

सयौंको संख्यामा लहरै बसेका कलाकारहरुले एउटै बोल, सुर र तालमा बाजा बजाएर नृत्य प्रस्तुत गरिरहँदा भक्तपुरमा एक किसिमको रोमान्चित रौनक देखिएको थियो । बाजासँगै सोही संख्यामा भुस्या र छुस्या समेत घन्किएको थियो ।

सामुहिक बाजा र मौलिक नृत्यको प्रस्तुती गएको वर्ष पनि प्रदर्शन गरिएको थियो । सामुहिक बाजा र नृत्यको प्रस्तुति गरेको कार्यक्रममा हजारौंको संख्यामा दर्शनहरु सहभागी थिए ।