१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घट्यो सुनचाँदीको मूल्य


4.42k
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७ सय रूपैयाँले घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार १० रूपैयाँले घटेर १ हजार ४३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।