१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेस प्रदेशसभाको बैठक बस्दै


104
Shares

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार बस्दैछ ।

प्रदेशसभा सचिवालयका अनुसार करिब दुई महिनापछि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन् ।

सोमबारको बैठकमा बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।