
धनकुटा । नेपाल नेत्रज्याेति संघ धनकुटाको सभापतिमा रोशेष श्रेष्ठ चयन हुनु भएको छ ।
नेपाल नेत्रज्योती जिल्ला शाखा धनकुटाको १३ औं साधारण सभा तथा अधिवेशनबाट सभापतिमा रोशेष श्रेष्ठ चयन हुनु भएको हो ।
त्यस्तै, अन्य सदस्यहरुमा देवबहादुर खड्का, विष्णुप्रसाद पौडेल, ऋषिराम ढुङ्गाना, प्रकाशकुमार श्रेष्ठ, मोहनप्रसाद घिमिरे, पुरेन्द्रलाल श्रेष्ठ, सत्य नारायण श्रेष्ठ, खगेन्द्र प्रसाद घिमिरे, राजेन्द्र बस्नेत, ठगिन्द्र प्रसाद अधिकारी, रेणु श्रेष्ठ र भगवती कार्की सर्वसम्वत रुपमा चयन हुनु भएको छ ।
नेपाल नेत्रज्याेति संघ धनकुटाले कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरुलाई आँखा उपचार सेवा दिँदै आएको डा. रामप्रसाद पोखरेल अस्पताल समेत संचालन गर्दे आएको छ ।
प्रतिक्रिया दिनुहोस्