१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हर्कस विष्टको उपचारमा सरकारले बेवास्ता गर्‍यो : सांसद महरा


481
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद महेशकुमार महराले मृत्युको दोसाधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राष्ट्रको सुरक्षा गरिरहेका विष्ट हाल काठमाडौंमा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको उल्लेख गर्दै उनको सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारसँग माग गर्नुभयो ।

खर्चको अभावमा उनको उपचारमा कठिनाई भईरहेको उल्लेख गर्दै सांसद महराले उपचारको जिम्मेवारी तत्काल लिन सरकार र नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण समेत गर्नुभयो । टाउकोमा नसाको समस्याबाट पीडित प्रहरी जवान विष्टको हाल उपचार खर्चको अभावमा चन्दा संकलन कार्य भईरहेको छ ।

यस्तो अवस्थामा पनि सरकारले उनको उपचारमा चासो नदिएकोमा सांसद महराले सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

सांसद महराले ठूलो नेताका लागि करोडौं उपचार खर्च व्यहोर्ने सरकारले प्रहरी जवान विष्टको पनि उपचार खर्च व्यहोर्नुपर्ने बताउनुभयो ।