१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अल्लु अर्जुनले ‘पुष्पा २’ को लागि लिए ठूलो पारिश्रमिक


10.517k
Shares

एजेसी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ (पुष्पा द रुल) को लागि लिए ठूलो पारिश्रमिक लिएको खुलासा भएको छ ।

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता अल्लु यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । निर्देशक सुकुमारद्वारा निर्देशित यस फिल्ममा अभिनेता अल्लुले आफ्नो पारिश्रमिक बढाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले यस फिल्मका लागि आफ्नो पारिश्रमिक बढाएर ८५ करोड भारतीय रुपैयाँ पुर्‍याएका छन् । तेलुगु फिल्म उद्योगका अनुसार यो निकै ठूलो रकम हो। योसँगै अल्लु दक्षिण भारतीय सिने जगतका धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा परेका छन् ।

यसअघि फिल्म ‘पुष्पा द राइज’ को लागि अल्लुले जम्मा ३५ करोड भारतीय रुपैयाँ मात्रै पारिश्रमिक लिएका थिए । फिल्म डिसेम्बर २०२१ मा रिलिज भएको थियो । जुन बक्स अफिसमा ब्लकबस्टर साबित भयो । फिल्मले विश्वभर ३ सय ५० करोड भारतीय रुपैयाँको कलेक्सन गरेको थियो ।

हालसम्म निर्माण पक्षले फिल्म ‘पुष्पा २’ को रिलिज मिति तय गरेको छैन । यो फिल्म सन् २०२३ मा रिलिज हुने बताइएको छ । अहिले फिल्मको सुटिङ स्टेजमा छ । जसको केही भागको सुटिङ भइसकेको छ ।

फिल्म ‘पुष्पा २’ मा अल्लु अर्जुन रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा देखिने छन् ।