१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सांसद पौडेलको प्रश्न – मिटरब्याज पीडितको समस्या समाधानबारे के भईरहेको छ ?


104
Shares

काठमाडौं । राष्ट्रिय सभाका नेकपा (एमाले)की सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भईरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाई भएजस्तो नलागेको पनि बताउनुभयो ।

सांसद पौडेलले मिटरब्याज पीडितहरुको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताउनुभयो ।