
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनुभयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।
त्यस्तै, श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टीम’लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टीम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताउनुभयो ।
सो प्रकरणमा ठूला नेताहरुको नाम जोडिएको उल्लेख गर्दै उहाँले जति ठूला नेताको नाम जोडिएपनि कानूनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्