१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डाउन सिन्ड्रोमको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद कार्कीको माग


156
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकारसँग माग गर्नुभएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो । उहाँले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुलाई अन्य धेरै स्वास्थ्य समस्याहरु आउने भन्दै उनीहरुका लागि विशेष चिकित्सक बीमाको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

त्यस्तै, डाउन सिन्ड्रोमलाई अपांगताको छुट्टै वर्गको रुपमा वर्गिकरण गर्नुपर्ने पनि माग गर्नुभयो । सांसद कार्कीले प्रत्येक विद्यालयहरुमा उनीहरुका लागि कम्तिमा दुई वटा कोटा अनिवार्य छुट्याउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद कार्कीले उनीहरुको पुनर्वास र बसोवास केन्द्रको व्यवस्थापन पनि सरकारले गर्नुपर्ने बताउनुभयो । उनीहरुका लागि होस्टल र केयर होमहरुको व्यवस्था गर्नपर्ने उहाँले बताउनुभयो ।