
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताउनुभयो ।
उहाँले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताउनुभयो । उहाँले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताउनुभयो ।
समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्