
एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी लक्षित विस्फोटमा थुप्रै घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
सुरक्षाकर्मीका अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै पार्किङमा रहेको मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो ।
घटनास्थललाई सुरक्षा घेरा गरी अनुसन्धान गर्न थालिएको छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्