१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुकेश चन्द्रशेखरले जेलबाट लेखे ज्याकलिनलाई प्रेमपत्र


3.38k
Shares

एजेन्सी । मुद्रा अपचलन मुद्दामा जेलमा रहेका ठग सुकेश चन्द्रशेखरले पूर्व प्रेमिका तथा भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जेलबाट नै प्रेमपत्र लेखेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले पत्रमा यस्तो लेखेका हुन् । ‘तिम्रो बारेमा नसोचेको कुनै पल छैन । मलाई थाहा छ तिमी पनि मेरो बारेमा यस्तै सोच्छौ । तिम्रो सुन्दर दिलमा के छ मलाई राम्रोसँग थाहा छ । म भर्खर ‘तुम मिले दिल खिले’ गीतको नयाँ संस्करण सुनिरहेको थिएँ । यो गीत सुनेर मलाइ तिम्रो याद आयो ।’

सुकेशले यसअघि गत मार्च २५ मा ज्याकलिनको जन्मदिनमा पनि उनलाई शुभकामना दिँदै लामो पत्र लेखेका थिए । ‘तिमीलाई थाहा छ कि म तिमीलाई कति माया गर्छु । मेरो जीवनमा तिम्रो माया र तिम्रो सहभागिता उत्कृष्ट उपहार हो । लभ यु माई बेबी, तिम्रो दिल दिएकोमा धन्यवाद ! मैले यति धेरै बधाई पत्र पाएँ, यसको लागि आफूलाई भाग्यमानी मान्छु ।’ उनले ज्याकलिनको जन्मदिनमा उक्त चिठीमा लेखेका थिए ।

गत वर्ष इडीले सुकेशविरूद्ध २०० करोड भारू मुद्रा अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । सुकेश र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् ।

सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाख भारतीय रुपैयाँको उपहार दिएका समाचारहरुमा उल्लेख गरिएको छ ।