२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


871
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् ।

लिगको आठौं चरण अन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक–एक खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल पाँचौं जितको योजनामा हुनेछ । आर्मी तेस्रो जितको खोजीमा हुनेछ ।

जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जावलाखेल आर्मीलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै, च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । खुमलटार पनि तेस्रो जितको योजनामा छ ।

मछिन्द्र ७ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, खुमलटार ७ अंक जोडेर दशौं स्थानमा रहेको छ ।