
एजेन्सी । भारतीय गायक मिका सिंह यतिबेला चर्चामा छन् । अभिनेत्री राखी सावन्तले आफूलाई जबरजस्ती किस गरेको आरोपमा मुद्दा दायर गरेपछि मिकाले १७ वर्ष पुरानो मुद्दा खारेज गर्न बम्बई उच्च अदालत पुगेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मिकाले सन् २००६ को यो मुद्दालाई अभियुक्त र उजुरीकर्ताले आपसी समझदारीमा सुल्झाएको भन्दै खारेज गर्न सकिने दावी गर्दै मुद्दा दायर गरेका हुन् ।
अर्कोतर्फ राखीका वकिलले आफू पनि यो मामिला मिलाउन चाहेको भन्दै त्यसका लागि मिला पत्र (शपथ पत्र) तयार गरेको बताए । तर, अहिले उक्त मिला पत्र उच्च अदालतको रजिस्ट्री विभागमा कतै हराएको भन्दै अदालतले राखीले अर्को साताभित्र नयाँ मिला पत्र तयार गर्नुपर्ने आदेश दिएको र थप प्रक्रिया पूरा गर्ने बताए ।
यसैबीच मिकाका वकिल फाल्गुनी ब्रह्मभाटले यो मुद्दा विगत १७ वर्षदेखि अलमलमा रहेको र मिकाविरुद्ध आरोपपत्र दायर भए पनि आरोप दायर हुन बाँकी रहेको बताए ।
सन् २००६ मा आफ्नो जन्मदिनको पार्टीमा मिकाले राखीलाई उनको सहमति बिना क्यामेराको अगाडि जबरजस्ती चुम्बन गरेका थिए । त्यसपछि राखिले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । जबरजस्ती चुम्बन र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मिकालाई पक्राउ गरेको थियो । तर, मिका पछि जमानतमा रिहा भएका थिए ।
यद्यपि, अहिले मिका र राखि साथी बनिसकेका छन् र समस्या समाधान गरिसकेका छन् । त्यसैले उक्त मुद्दा खारेज गर्न मिका उच्च अदालत पूगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्