१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हास्य कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?


364
Shares

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रसंशा गरेका छन् ।

कलाकार पौडेलले घिमिरेले जुन चलचित्रमा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको चलचित्र हेर्न जाने मान्छेको कमी नहुने बताए । उनले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिए । साथै उनले कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको पनि बताए ।

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झिँदै घिमिरेको प्रसंशा गरे । उनले कलाकार घिमिरेले कलाकारिता सुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताए । कलाकार घिमिरे सालिन, भद्र र सकारात्मकता भएको व्यक्तिको रुपमा केसीले चित्रित गरे । केसीले हास्य कलाकारहरुको प्रतिष्पर्धा रहेपनि एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरुमा मात्रै रहेको बताए ।

कार्यक्रममा कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको जिकिर गरे । उनले आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताउदै आफूलाई मानसिक रुपमा, भौतिक रुपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा साथ दिँदा झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार दीपाश्री निरौलाले घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताइन् । दीपाले घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरु पस्किने प्रतिवद्धता गरे ।

कलाकार घिमिरेको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारहरुले पनि कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना व्यक्त गरेका थिए ।