२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमालेलाई वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन मिल्दैन : गगन थापा


3.952k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेस सहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्‍याउनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गर्नुभयो । उहाँले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो-यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गर्नुभयो । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।