
web pic
काठमाडौं । प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्यूठानको माण्डवी गाउँपालिका–५ रम्दीमा रा १ त ४१७६ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
चेरनेटा रम्दी सडकको नाला बनाउन गिट्टी लिन खोलातर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा नौबहिनी गाउँपालिका –१ ठूलागाउँकी २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
गम्भीर घाइते भएकी दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्