२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङका ३७ वटा वडा पहिरोको उच्च जोखिममा


156
Shares

काठमाडौं । बागलुङका ३७ वटा वडा पहिराको उच्च जोखिममा परेका छन् ।

बागलुङका दश वटा स्थानीय तहका जम्मा ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा परेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो ।

मनसुनजन्य आपत्कालीन कार्ययोजना–२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिराको जोखिममा छन् । पहिरो प्रकोपका कारण जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ ।