२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


युगाण्डा जाने चार्टर्ड उडान रद्द


13
Shares

काठमाडाैं । युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे छ ।

नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्विपक्षीय सहमतिअनुसार संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई लैजाने क्रममा युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे हाे ।

निगमका प्रवक्ता रमेश पाैडेलले युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे पुष्टि गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘अफ्रिकी मुलुक युगाण्डा जाने चार्टर्ड उडानको लागि हवाई मार्गमा पर्ने विभिन्न १२ वटा देशहरुमा मध्ये ११ मुलुकको अनुमति प्राप्त भइसकेको थियो । तर बाँकी इरिट्रिया मुलुकले अनुमति नदिँदा उडान रद्द भएकाे हाे।’

उहाँले यस सम्बन्धमा कुटनीतिक माध्यमबाटै बुझिने काम भइरहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘यस सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सका उच्च पदस्थ पदाधिकारीसहित: नेपाली सेना मुख्यालयमा बैठक बसी संयुक्त राष्ट्रसंघ मुख्यालय लगायत सम्बद्ध निकायहरुसँग आवश्यक समन्वय गरी उक्त उडान अर्को उपयुक्त समयमा गर्ने निर्णय भएकाे छ।’