२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थतन्त्रमा देखिएको समस्या छिटै समाधान हुन्छ : गृहमन्त्री श्रेष्ठ


208
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या छिटै समाधान हुने बताउनुभएको छ ।

प्रेस सेन्टरले मंगलबार रुपन्देहीको भैरहवामा गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गरी समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिलाइ भएका कारण मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही कमी भएको जिकिर गर्नुभयो ।

अब एक–दुई दिनमै अर्थतन्त्रका समस्याहरु समाधान दिनेगरी सरकार अघि बढेको उहाँको तर्क छ । आफू भौतिक पूर्वाधार मन्त्री हुँदा धेरै सुधारका काम भएको बताउँदै गृहमन्त्री श्रेष्ठले अब गृहमन्त्रालयमा आर्थिक तथा कुनै चलखेल नहुने दाबी गर्नुभयो ।

संविधानअनुसार नागरिकताको अधिकार प्राप्त नगरेका नागरिकलाई नागरिकता प्रदान गरिने श्रेष्ठले जनाउनुभयो ।