२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाको बैठक आज बस्दै


39
Shares

काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएकाे छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियाेस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

यसैगरी बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधन प्रति शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।