
सुशील गैरे
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ५० शैयाको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास भएको छ ।
बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गर्नु भएको हाे । अस्पतालको शिलान्यास गर्दै मन्त्री पन्थीले कोभिडको समयमा संक्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको बताउनुभयाे ।
प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीको लागी गौरवको योजना रहेको पनि उहाँले बताउनुभयो । निर्माण हुने अस्पताल देशको महत्वपूर्ण अस्पतालको रुपमा विकास गरिने मन्त्री पन्थीले बताउनुभयो ।
हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई १ हजार ५ सय शैयाकाे
निर्माण हुने अस्पताल ५० शैयाकाे हुने पनि उहाँले बताउनुभयाे ।
२०८१ फाल्गुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भवन निर्माणको कुल लागत २० करोड ९६ लाख ३ हजार ३ सय २६ रुपैयाँ रहेको छ । शिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताउनुभयो ।
जग्गा प्राप्ति र आईईई लगायतका प्रक्रियाले काम ढिलाई भए पनि भवन निर्माणको काम निर्धारित समयमा काम सम्पन्न गर्न जोड दिनुपर्ने बताउनुभयो । अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ ।
प्रदेश सरकारले डिपिआर गराएर भवन निर्माणको लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीले बताउनुभयो । अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने डा. गिरीले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्