
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताउनुभएको हो ।
सांसद कार्कीले त्यसका लागि छानवीन गर्न संसदीय समिति बनाउन पनि माग गर्नुभयो । उहाँले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानवीनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्