३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग


65
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धि विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ नरहने पनि स्पष्ट पार्नुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले अर्बाैको बजेट मुलुकबाहिर जान नदिन र मुलुकको राष्ट्रिय हित हुने गरी नेपाली रुपैयाँको समेत मुद्रण देश भित्रै गर्न सो मुद्रण आवश्यक रहेको बताउनुभयो ।

नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाई हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराउनुभयो ।